Shikhar Insurance

२२ अर्बको नागढुङगा-सिस्नेखोला सुरुङ मार्ग ब्रेक थ्रु

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार ११:१५
NIMB
Nabil Bank

काठमाडौं । नागढुङगा-सिस्नेखोला सुरुङमार्ग आज ब्रेक थ्रु हुदैछ । सुरुङमार्गको केहि मिटर भाग दिउँसो साढे १२ बजेबाट खन्न सुरु गरेर १ बजे ब्रेक थ्रु गरिने भएको हो ।

सुरुङ ब्रेक थ्रु कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल समेत सुरुङ मार्ग पुग्ने कार्यक्रम तय गरिएको छ । मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर लामो हुनेछ । सुरुङ निर्माणको काम विसं २०७६ कात्तिक ४ देखि सुरू गरिएको थियो। सुरुङ निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्नेछ

Citizen Life
Kumar Bank
Nepal Life

जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माण यो आयोजना निर्माण भैरहेको छ । नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच विसं २०७६ असोजमा सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरुपमा हुने जाम हट्ने विभागले जनाएको छ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर चौडाइका गरेर दुई वटा सुरुङको निर्माण हुनेछ ।

दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक सुरुङ तत्काल उद्धारका लागि प्रयोग हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ ।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुनेछ । कमजोर ढुङ्गा माटोलाई भने सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायतका कक्ष हुने बताइएको छ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेंशी नगरपालिकामा नै हस्तान्तरण हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्