Shikhar Insurance

अमेरिकी संसदबाट पास भयो १२६ खर्बको युद्ध सहायता, युक्रेन र इजरायललाई ठूलो राहत

सिंहदरबार संवाददाता
२०८१ बैशाख ९, आईतवार ०८:३७
NIMB
Nabil Bank

काठमाडौं ।  संयुक्त राज्य अमेरिकाको संसदले ठूलो रकमको युद्ध सहायता घोषणा गरेको छ । शनिबार (बैशाख ८ गते) बसेको संसद (हाउस अफ रिप्रिजेन्टेटिभ) बैठकले ९५ विलियन डलर (१२६ खर्ब ६० अर्ब ७६ करोड रुपैयाँ) बराबरको युद्ध सहायता पास गरेको हो ।

२ देश र एक सुरक्षा निकायलाई ९५ विलियन डलरको सहायता पास गरेको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अमेरिका आफैं प्रत्यक्ष युद्धमा छैन । तर युक्रेन इजरायल र इन्डो प्यासिफिक सुरक्षाका लागि अमेरिकाले सहयोग गरेको हो । अमेरिकी संसदले पास गरेको सहायतामा सबैभन्दा धेरै युक्रेनलाई ६१ विलियन डलर (८१ खर्ब २९ अर्ब ५४ करोड रुपैयाँ) बराबरको युद्ध सहायता गर्ने भएको हो । अमेरिकी संसदहरुमध्ये ३ सय ११ जना युक्रेनलाई सहयोग गर्नुपेर्छ भन्ने पक्षमा उभिएका थिए, भने १ सय १२ जना विपक्षमा उभिएका थिए ।

युक्रेनलाई सन् २०२२ देखी रसियाले लगातार आक्रमण गरिरहेको छ । युद्ध सुरु भएको तीन वर्ष पुग्नै लाग्दा रसियाले युक्रेनको अधिकाँस भुभाग कब्जामा लिइसकेको छ । पछिल्लो समय रसियाले युक्रेनलाई ठूलो आक्रमण गरिरहेको छ ।

सो आक्रमणबाट युक्रेनले युद्ध हार्न सक्ने र यसको असर स्वरुप तेस्रो विश्व युद्धको सुरुवात हुने युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेनस्कीले बताएका थिए । राष्ट्रपति जेलेनेस्कीको चेतावनीपछि ढिलैगरी भएपनि अमेरिकाले युद्ध सहायात पठाउने निर्णय गरेको हो ।

अब अमेरिकाले युक्रेन सुरक्षाका लागि शक्तिशाली हतियार, हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउँनेछ । जसबाट युक्रेनले आफ्नो सुरक्षासँगै रुसमाथिको आक्रमणलाई समेत तिब्रता दिनेछ ।  रसिया-युक्रेनको युद्धमा १ लाख भन्दाबढी मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

रसियातर्फको ५० हजार बढी सेनाहरु मारिदा युक्रेनको ३१ हजार सेना मारिएका छन् । अमेरिकी सहयोगले युद्धले थप नयाँ रुप लिने देखिएको छ । अमेरिकी सहयोग पाउने भएपछि युक्रेनले भने खुशियाली मनाएको छ ।

सहयोग प्राप्त भएपछि राष्ट्रपति जेलेनेस्कीले भनेका छन् ‘लोकतन्त्र र स्वतन्त्रता विश्वको महत्पुर्ण विषय हो, यो कहिल्यै असफल हुन सक्दैन जबसम्म अमेरिकाले सहयोग र संरक्षण गर्छ ।’

यस्तै, हमास र इरानसँग युद्ध लडिरहेको इजरायललाई पनि २६ विलियन अमेरिकी डलर (३४ खर्ब ६५ अर्ब ५ करोड रुपैयाँ) युद्ध सहायता दिएको छ । इजरायलमाथी इरानी भुमिबाट नै आक्रमण सुरु भएपछि अमेरिकाले इजरायललाई सहयोग अघि बढाएको हो ।

इरानले इजरायलमाथी ३ सय भन्दा बढी ड्रोन, मिसायल, ब्यालेस्टिक मिसायल, क्रुज मिसायल आक्रमण गरेको थियो । यी सबै आक्रमण विफल बनाएको ‍इजरायलले जनाएको छ । यस्तै, इजरायलले पनि इरानमाथी जवाफी कारबाहि सुरु गरेको छ । ७ अक्टोबरमा हमासले इजरायलमाथी ६ हजार भन्दाबढी मिसायल आक्रमण गरेको थियो ।

हवाई र स्थल आक्रमणबाट इजरायलको १२ सय भन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो । सोको बदलमा इजरायलले हालसम्म ३३ हजार हमासको कार्यकर्ता मारिसकेको जनाएको छ । हाल, हमासलाई सक्नेगरी इजरायलले निरन्तर आक्रमण गरिरहेको छ ।

इजरायललाई सहयोग गर्ने विषयको पक्षमा ३ सय ६६ जना संसदले पक्षमा मतदान गरेका छन्,भने विषक्षमा ५८ जनाले मतदान गरेका छन् ।

अमेरिकाले इन्डो प्यासिफिक सुरक्षाको लागि ८ विलयन डलर अर्थात १० खर्ब ६६ अर्ब १६ करोड रुपैयाँ सहायता पास गरेको छ ।  विश्वमा युद्धको माहोल चर्किदै जादा इन्डो प्यासिफिक सुरक्षालाई प्रभावकारी बनाउँदै लगेको छ । यो सहयोगको पक्षमा ३ सय ८५ जना संसदले मतदान गरेका छन् भने विपक्षमा ३४ जनाले मतदान गरेका थिए ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्