Shikhar Insurance

हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार १२:३२
NIMB
Nabil Bank

गोरखा । हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कन थालेको छ । मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको हो ।

आइतबार बिहान ठूलो हिमपहिरो तालमा खसेपछि तालको पानी ‘ओभरफ्लो’ भएर असन्तुलित बनेको थियो । हिम पहिरोबाट तालको पानी बाहिर निस्किएर बुढीगण्डकी नदीमा मिसिएको अवस्था थियो प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने ‘अहिले अवस्था सामान्य रहेको छ, ताल सामान्य अवस्थामा फर्किँदै गइरहेको अवस्था छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

उनले तालको नजिक बस्ती नभएका कारण हिमपहिरो खसेर असन्तुलित बनेको तालले कुनै ठूलो भौतिक तथा मानवीय क्षति नभएको बताए । हिमालबाट तालमा पहिरो खस्ने क्रमसमेत रोकिएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ ।

तालको पानी ओभरफ्लो भएर बुढीगण्डकी नदीमा पानीको बहाव बढ्दा तालबाट करिब आधा घण्टाको दूरीमा रहेको सामागाउँबाट साम्दोसम्म जाने बाटोको बीचमा पर्ने एउटा पुरानो काठ पुल बगाएको छ उनले भने ‘त्यसबाहेक अन्य कुनै मानवीय र भौतिक क्षति भएको छैन, पहिरो खस्ने क्रमसमेत रोकिइसकेको छ ।’

प्रमुख जिल्ला अधिकारी दाहालले सुरक्षाकर्मीले तालको पानी गहिरो बनाएर निष्काशन गरेको बताए । सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको उनको भनाइ रहेको छ । मनास्लु हिमालको काखैमा रहेको वीरेन्द्र तालमा आइतबार ठूलो हिमपहिरो खसेको थियो ।

हिमपहिरो खसेपछि बुढीगण्डकी नदीमा पानीको बहाव बढेकाले जिल्ला प्रशासन कार्यालयले बुढीगण्डकी नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित रहन तथा नदी वरपर नजान आह्वान गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्