Shikhar Insurance

कतारी राजाको सवारीमा भोलि देशभर सार्वजनिक विदा

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार १३:११
NIMB
Nabil Bank

काठमाडौं । सरकारले भोलि (वैशाख ११ गते) सार्वजनिक विदा दिने निणर्य गरेको छ । कतारका राजा  (अमिर) टामिम बिन हमाद अल थानी भोलि नेपाल भ्रमणमा आउने हुँदा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कतारी राजाको भ्रमण दुई देशबीच दौत्य सम्बन्ध कायम भएको ४७ वर्षपछि हुने सबैभन्दा ठूलो भीआइपी भ्रमण हो । भ्रमणका क्रममा राजाले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत उच्च पदस्थहरुलाई भेट गर्ने कार्यक्रम छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्