Shikhar Insurance

शौर्य सिमेन्टले गर्‍यो ६ महिनामा २ अर्ब ५८ करोडको व्यापार

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार १५:३९
NIMB
Nabil Bank

काठमाडौं । शौर्य सिमेन्ट इन्डस्ट्रीज लिमिटेड (एससीआइएल) ले चालु वर्षको ६ महिनामा २ अर्ब ५८ करोड ६० लाख कारोबार गरेको छ । कम्पनीको अपरिष्कृत विवरण अनुसार चालु वर्ष सामान्य व्यापार गरेको हो ।

इन्फोमेरिक्स रेटिङ एजेन्सी नेपालका अनुसार कम्पनीले २०२३ मा ७ अर्ब ४० करोड ७० लाख कारोबार गरेको थियो । कम्पनीले २०२१ मा २ अर्ब ६३ लाख १० लाख व्यापार गरेको थियो भने २०२२ मा कम्पनीले ४ अर्ब ७९ लाख ९० हजारले व्यापार बढाएर ७ अर्ब ४३ करोड कारोबार गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, कम्पनीको ब्याज कभरेज रेसियो २०२१ मा १.१२, २०२२ मा १.९४, २०२३ मा १.४३ र चालु वर्षको ६ महिनाको १.२८ रहेको छ । कम्पनीले १४ अर्ब १ करोड ८० लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । शौर्य सिमेन्ट सन् २०१७ मा प्राइभेट कम्पनी लिमिटेडको रुपमा स्थापित कम्पनी हो । पछि सन् २०२२ मा कम्पनी पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनी शंकर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको संयुक्त लगानी छ ।

कम्पनी ७० हजार बोरासहित दैनिक ३ हजार ५ सय मेट्रिक टन उत्पादन क्षमता भएको उद्योग हो । कम्पनीले ४३ ग्रेड ओपीसी सिमेन्ट र ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्छ । कम्पनीसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा चुनढुंगासहित अन्य ७ खानीहरु पहुँचमा रहेको छ । कम्पनी सिरहाको मिर्चैयामा अवस्थित छ । कम्पनीको अध्यक्ष सुलभ अग्रवाल हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्