Shikhar Insurance

तनहुँका बेरोजगार युवायुवतीलाई वारिष्टा तालिम

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार १४:५९
NIMB
Nabil Bank

तनहुँ । बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन व्यासका तीस जना युवायुवतीलाई वारिष्टा (कफी बनाउने) तालिम प्रदान गरिएको छ । व्यास नगरपालिका ३ नं वडा कार्यालयको आयोजनामा बेरोजगार युवायुवतीलाई समावेश गरी ४५ दिनको तालिम प्रदान गरिएको हो ।

बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको वडासदस्य दधिराज घिमिरेले जानकारी दिए । ‘व्यक्तिगतरुपमा तालिम लिँदा प्रतिव्यक्ति १७ हजारसम्म लाग्ने रहेछ’ वडासदस्य घिमिरेले भने ‘वडाको बजेटले मात्रै धान्न नसक्ने भएपछि लागत सहभागिता समावेश गरिएको छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

उनका अनुसार तालिममा सहभागीलाई प्रतिव्यक्ति ३ हजारका दरले शुल्क निर्धारण गरिएको छ । सिकेको सीपलाई व्यवहारमा लागू गर्न सकेको अवस्थामा आत्मनिर्भर बन्न कसैको मुख ताक्नु पर्दैन । तालिममा प्रशिक्षार्थीको पनि लगानी भएपछि तालिम अझ प्रभावकारी बन्ने विश्वास गरिएको व्यास–३ का वडाध्यक्ष अनुप रानाले बताए ।

वडाबाट सीपमूलक तालिमका लागि २ लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए । आइतबारदेखि सुरु भएको उक्त तालिमको मुख्य प्रशिक्षकमा अञ्जिल मियाँ रहेकाी छिन् । तालिम जेठ २४ गतेसम्म सञ्चालन हुनेछ । बेरोजगार युवायुवतीलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन नगरपालिकाले प्राथमिकता दिँदै आएको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

सीप सिकेर विदेशमा होइन स्वदेशमै स्वरोजगार बनाउन पहल गरिनुपर्छ उनले भने,‘व्यास नगरपालिका मातहत रहेका १४ वटै वडामा सीपमूलक र आयमूलक तालिमलाई जोड दिइएको छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्