Shikhar Insurance

११ प्रतिशत बोनस सेयर जारी गर्न सिईडिबि हाइड्रोपावरले डाक्यो वैशाख ३१ गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार १०:३९
NIMB
Nabil Bank

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा वैशाख ३१ गते बोलाएको छ । कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहानको ८ बजेदेखि आव्हान गरेको हो ।

सभाले आव २०७७/७८ र २०७८/७९ का लागि चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर जारी र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित
गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामा आव २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन वासलात, नाफा–नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरण अनुमोदन र पारित गर्नेछ ।

सभाले आव २०७८/७९ को लागि लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक अनुमोदन गर्ने र आव २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम सर्वसाधारण शेयरधनी तर्फको संचालकहरूको निर्वाचन गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले वैशाख १९ गते देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ वैशाख १८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले सभामा भाग लिन पाउँनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्