Shikhar Insurance

एकैदिन २७ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार १०:५३
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । छापावाला सुन २ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सुनको मूल्य १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्