Shikhar Insurance

किसान लघुवित्तको १९ हजार कित्ता बढी सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार १०:४८
NIMB
Nabil Bank

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले २ जना संस्थापकको नाममा रहेको १२ हजार ८४० कित्ता र छ हजार ४२० कित्ता गरी कूल १९ हजार २६० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र आफुले खरिद गर्ने सेयर कित्ता खुलाइ कैलालीको लम्कीचुहामा रहेको लघुवित्तको केन्द्रीय कार्यालय वा काठमाडौंको मण्डीखाटारमा रहेको कर्पोरेट कार्यालयमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्