Shikhar Insurance

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रक मलेखुमा आगलागी

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार ११:२७
NIMB
Nabil Bank

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका(६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो । केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आएका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्