Shikhar Insurance

एटीएम कार्ड प्रयोग गर्दा पैसा घट्ने तर काम नहुने भएमा कति दिन भित्र निवेदन दिनुपर्छ ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार ११:३९
NIMB
Nabil Bank

काठमाडौं । एटिएम प्रयोग गर्दा ध्यान दिन राष्ट्र बैंकले सुझाएको छ । एटिम तथा क्युआर कोडबाट डिजिटल भुक्तानी गर्दा खाताबाट पैसा घट्ने तर सम्बन्धित खातामा नपुग्ने तथा पैसा ननिस्किए छिटो गरी निवेदन गर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै एटिएम कार्डको प्रयोग तथा डिजिटल भुक्तानी सम्बन्धि समस्या आए छिटो निवेदन दिन भनेको हो । कार्ड जारी गर्ने र कार्ड प्रयोग भएको संस्था एकै भएमा कारोबार भएको १ दिनभित्रै निवेदन दिनुपर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटिएम फरक भए कारोबारपछिको तीन दिनभित्र निवेदन दिनुपर्छ । कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटिएम फरक भई विदेशी संस्था भएमा तीस दिनभित्र निवेदन दिनुपर्छ ।

राष्ट्र बैंकले तोकेको समय सिमाभित्र हिसाब मिलाउने जिम्मा उपकरण जारी गर्ने र प्रयोग हुने दुबै संस्थाको हुने बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्