Shikhar Insurance

विभिन्न स्वादमा तत्व फार्मस्का ‘सक्खर’ बजारमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार १२:३९
NIMB
Nabil Bank

काठमाडौं । मौलिक एवं औषधीय गुणयुक्त सक्खर (ज्यागरी) लाई तत्व फार्मस्ले विभिन्न ‘फ्लेवर’मा बजारमा उपलब्ध गराएको छ । कम्पनीका उत्पादनमा ओरिजिनल ज्यागरी पाउडर, सिनेमन ज्यागरी पाउडर, स्याफ्रोन ज्यागरी पाउडर, मसला टि ज्यागरी पाउडर, टर्मरिक ज्यागरी पाउडर, ब्ल्याक पेपर ज्यागरी पाउडर र जिञ्जर ज्यागरी पाउडर छन् ।

विहानको चियादेखि राति सुत्नुअघि पिउने दूधसम्मका लागि तत्वले प्रडक्ट तयार पारेको छ । तत्व फार्मस्का संस्थापक हिमांशु त्रिपाठीका अनुसार तत्वका विभिन्न फ्लेवरका सक्खरको पाउडरलाई घिउ, दही मात्रै होइन रोटी र भातसँग पनि खान सकिन्छ भने बेकरी, मिठाईलगायतमा गुलियो प्रयोग हुने हरेक खानामा प्रयोग गर्न सकिन्छ । हाल तत्वका उत्पादन काठमाडौं उपत्यका, पूर्वका विभिन्न सहरका साथै पश्चिममा पोखरा, भैरहवा, नारायणघाट, बुटवल, नेपालगञ्जलगायतका सहरको भाटभटेनी, सेल्सवेरी, बिगमार्टलगायत विभिन्न ग्रोसरी आउटलेटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै दराजमार्फत् अनलाइन अर्डर गरी नेपालभर घर तथा अफिसमै डेलिभरी मगाउन सकिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्रिपाठीले भने,‘हाल सक्खर पाउडर तीन सय ग्राम र छ सय ग्राम गरी दुई वटा प्याकेजमा उपलब्ध छु । ओरिजिनल ज्यागरी पाउडरको तीन सय ग्रामको एक सय ७५ रुपैयाँ र छ सय ग्रामको तीन सय २५ रुपैयाँ तोकिएको छ । अन्य फ्लेवरको भने स्वादअनुसार फरक–फरक मूल्य छ ।’ आगामी दिनमा उत्पादन बढाइ मूल्य पनि कम गर्ने योजना रहेको कम्पनीले जनाएको छ । नवलपरासीको प्रतापपुरमा उद्योग रहेको तत्वमा अहिले करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने चार सय उखु किसानका परिवार लाभान्वित छन् ।

बैंकबाट ऋणसमेत गरी २५ करोड रुपैयाँ लगानी गरेर उद्योग स्थापना गरी उत्पादन सुरु गरेको त्रिपाठीले बताए । ‘बालबालिकादेखि वृद्धसम्मले सहजै सेवन गर्न मिल्ने र स्वास्थ्यका लागि चिनीले जस्तो कुनै पनि असर नगर्ने भएकाले धेरै नेपाली भान्सामा परम्परागत स्वीटनर सक्खर छिट्टै कमब्याक हुने विश्वास लिएको छु । कम्पनीका उत्पादनमा प्रयोगकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै कुनै पनि केमिकलको प्रयोग गरिएको छैन’ त्रिपाठीले बताए ।

कतिपय अवस्थामा आयुर्वेदिक चिकित्सकहरु विभिन्न रोग लागेका बिरामी निको पार्नका लागि समेत सक्खरको प्रयोग गर्ने गरेको पाइन्छ । एन्टिअक्सिडेन्ट गुण भएको, रोग प्रतिरोधात्मक शक्तिबद्र्धक, उच्च पोषणयुक्त, श्वासप्रश्वास र हाडजोर्नी रोगबाट बचाउने विशेषता भएको सक्खर चिनीको उत्तम विकल्प हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्