Shikhar Insurance

फिलिपिन्स र अमेरिकाले सुरु गरे अहिलेसम्मकै ठूलो संयुक्त सैन्य अभ्यास

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार १५:३४
NIMB
Nabil Bank

एजेन्सी । फिलिपिन्स र अमेरिकाले अहिलेसम्मकै ठूलो संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । यस अभ्यासले क्षेत्रीय शान्ति र स्थायित्वलाई खतरामा पार्ने आलोचनाको बीचमा १६ हजार ७ सय भन्दा बढी फिलिपिन्स र अमेरिकी सेनाले सोमबार अहिलेसम्मकै सबैभन्दा ठूलो वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेका हुन् ।

फिलिपिन्स सेनाका अनुसार, १९ दिने अभ्यास सुरु भएको छ । जसलाई बालिकतन २०२४ भनिन्छ । यसमा करिव ५ हजार फिलिपिन्स र ११ हजार अमेरिकी सेनाले भाग लिनेछन् । अष्ट्रेलियन डिफेन्स फोर्स र बालिकाटनको इतिहासमा पहिलो पटक फ्रान्सेली नौसेना पनि सहभागीको रूपमा अभ्यासमा सामेल हुनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

वार्षिक सैन्य अभ्यासमा जापान र भारतसहित १४ राष्ट्रले पर्यवेक्षकका रूपमा भाग लिनेछन् । सहभागीहरूले सामुन्द्रिक सुरक्षा, वायु र मिसाइल रक्षा, गतिशील मिसाइल स्ट्राइक, साइबर रक्षा, र सूचना अपरेसनहरू सहित डोमेनहरूमा जटिल मिसनहरूको दायरा कार्यान्वयन गर्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्