Shikhar Insurance

पर्यटकीयस्थल दोलालघाटमा तटबन्धको निर्माण प्रक्रिया सुरु

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार १६:००
NIMB
Nabil Bank

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित पर्यटकीयस्थल दोलालघाट क्षेत्रमा नदी कटान रोक्न तटबन्धको योजना निर्माण प्रक्रिया सुरु भएको छ । सुनकोसी र इन्द्रावती नदी कटानको जोखममा रहेको सो क्षेत्रमा तटबन्ध निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जानकारी दिएकाे हो ।

कार्यालयका प्रमुख विनय पौडेलले बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको निर्देशनअनुसार दोलालघाट बजार र पुल जोगाउने उद्देश्यले तटबन्ध निर्माणका लागि प्राविधिक नापजाँच गरी लागत अनुमानको प्रारम्भिक प्रक्रिया अघि बढाइएको बताए । लागत अनुमानसहितको विवरण पेस गरेर आगामी आर्थिक वर्षको योजनामा बजेटको सुनिश्चितता गरिने पौडेलको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

वि.सं २०७८ असारमा मेलम्चीबाट इन्द्रावती नदी हुँदै आएको बाढीले बस्ती कटान गरेपछि भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्र सुरक्षाका लागि स्थानीयले तटबन्ध निर्माणको माग गर्दै आएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिलेसमेत चाखोला तथा दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र सुनकोसी नदीमा तटबन्ध गर्न प्रदेशस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यसताका बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका पाँच सय ५१ घर बगाएको थियो । त्यसैगरी राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचनामा क्षति पु¥याउनुका साथै पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बनेको थियो । बाढीले २६ जनाको ज्यान गएको थियो । दोलालघाटको पुल हुँदै चीन जोड्ने उत्तरी नाका तातोपानी, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्ला जाने गरिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्