Shikhar Insurance

महाकाली अस्पतालमा तीन सातादेखि रेबिजविरुद्धको खोप अभाव

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार १७:११
NIMB
Nabil Bank

कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले तीन सातादेखि खोपको अभाव भएको जनाएको हो ।

माग बढे पनि अस्पतालमा खोप अभाव भएपछि सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहेको उनले बताए । भीमदत्त नगरपालिका–१८ का नरेश जोशीले अस्पतालमा रेबिजविरुद्धको खोप नपाएपछि समस्यामा परेको गुनासो गरे । “घरमै पालेको कुकुरले खुट्टामा टोकेपछि रेबिज खोप लगाउन अस्पताल गएको थिएँ तर अभाव छ भनेर फिर्ता पठाइयो । निजी अस्पतालमा पनि सहजै पाउने अवस्था छैन । पाइहालेमा चार गुणाबढी मूल्य तीर्नुपर्ने बाध्यता छ”, उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्का सेवाग्राही खुसी चौधरीले पनि निःशुल्कपाउने गरेको महाकाली प्रादेशिक अस्पतालमा खोप अभाव भएपछि निजी अस्पतालमा ६ सय तिरेर खोप लगाउनु परेको गुनासो गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्