Shikhar Insurance

टिभिएस मोटरले ल्यायो लाईफ टाईम ब्याट्रि अस्योरेन्स भएको ईलेक्ट्रिक स्कुटर, कति पर्छ मूल्य ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार १७:४६
NIMB
Nabil Bank

काठमाडौं । जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाईफ टाईम व्याट्रि अस्योरेन्सको साथ टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले २ लाख ९९ हजार ९ सय रुपैयाँको टिभिएस आईक्यूब सार्वजनिक गरेको हो ।

ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले ७०% एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । टिभिएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरुले नेपालमा ४ लाख ११ हजार किलोमिटर यात्रा तय गरेर १० हजार २ सय ७५ लिटर इन्धन बचत गरेको र वातावरणमा २३ हजार ७ सय ६२ किलो कार्वन उत्सर्जन हुन रोकेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

विश्वमा टिभिएस आईक्यूवका करिव ३ लाख ग्राहकहरुले करिब १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९,५९० टन कार्वन उत्सर्जन हुनबाट रोकेका छन् ।

कार्यक्रममा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने,“हामी हाम्रो पहिलो ईलेक्ट्रिक स्कुटर नेपालमा ल्याउन पाउँदा उत्साहित छौँ  । हामी विश्वस्त छौँ कि लाइफटाइम ब्याट्री एश्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ । ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा १ लाख ३५ हजार रुपैयाँ बचत गर्न सफल हुनेछन् ।’

उनले भने, ‘पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्नेछ । आईक्यूबका प्रत्येक ग्राहकले नेपालको पेट्रोल खपत प्रति वर्ष करिव ३०० लिटरले कम गर्नेछन् र कार्वन उत्सर्जन प्रति वर्ष ६९० केजिले घटाउनेछन् जुन पेट्रोल आयात गर्ने र पर्यटकीय गन्तव्य रहेको नेपाल जस्तो देशको लागि ठूलो कुरा हो ।’

आई क्यूबले ग्राहकहरूलाई प्रिमियम साइलेन्ट राइडिङ अनुभवका साथ आरामदायी यात्रा दिन्छ । नेपालमा ३३ डिलरहरूमा उपलब्ध रहेको आईक्यूबको मूल्य २ लाख ९९ हजार ९ सयबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्