Shikhar Insurance

नेपालगंज एकीकृत जाँच चौकी भारत सरकारबाट नेपाल पक्षलाई हस्तान्तरण

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार १७:३४
NIMB
Nabil Bank

काठमाडौं । नेपालगंज एकीकृत जाँच चौकी भारत सरकारबाट नेपाल पक्षलाई हस्तान्तरण गरेको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालगञ्ज एकीकृत जाँच चौकीको निर्माण कार्य २०७७ असोज २६ गते निर्माण कार्य सुरु भएको हो ।

यस एकिकृत जाँच चौकीको उद्घाटन कार्य २०८० जेठ १८ गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्त रुपमा सम्पन्न भएको थियो ।निमार्ण कार्य सम्पन्न भएको एकिकृत जाँच चौकीे भारत सरकारबाट शहरी विकास तथा भवन निर्माण विभाग अन्र्तगतको संघीय आयोजना कार्यन्वयन इकाई, बाँकेलाई ०८१ वैशाख ९ गते हस्तान्तरण भएको र सोहि मितिमा शहरी विकास तथा भवन निर्माण विभाग अन्र्तगतको संघिय आयोजना कार्यान्वयन इकाई, बाँकेबाट नेपाल इन्टरमोडल यातायात विकास समिति लाई हस्तान्तरण भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हस्तान्तरण पश्चात एकिकृत जाँच चौकी व्यवस्थापन तथा संचालन आगमी २०८१ वैशाख २५ गते देखि सुरु गर्ने गरी टि.आर.एस. एटलस लोजिपार्क प्रालिलाई एकिकृत जाँच चौकी पूर्वधार हस्तान्तरण गरिएको छ । नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले निर्मित नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनको लागि नेपाल इन्टरमोडल यातायात विकास समितिबाट सम्पूर्ण तयारी पुरा भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ बमोजिम समिति एक नियामक निकायको रुपमा रहने भएकोले समिति अन्तर्गत रहेका टर्मिनल (सुक्खा बन्दरगाहरएकिकृत जाँच चौकीरकन्टेनर फ्रेट स्टेशन) हरुको सञ्चालन तथा व्यवस्थापनको लागि अन्तर्राष्ट्रिय बोलपत्रको माध्यमबाट निजी क्षेत्रको योग्य सञ्चालक कम्पनी छनौट गर्ने नीति भए अनुरुप नेपालगञ्ज एकीकृत जाँच चौकीका लागि समितिले ०८० असार ११ (तदनुसार २६ जुन, २०२३) मा अन्तर्राष्ट्रिय स्तरको प्रस्ताव (बोलपत्र) आव्हानको सूचना प्रकाशन गरेको थियो ।

उक्त सूचना बमोजिम दुई वटा कम्पनीहरु एटलस टर्मिनल जे.भि., भाटभटेनी, काठमाण्डौं र ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रा.लि., विराटनगर बोलपत्र प्रकृयामा सहभागी भएका थिए । सहभागी दुई वटा कम्पनीहरु मध्ये मूल्याङ्कन प्रकृयाबाट छनौट भएको एटलस टर्मिनल जे.भि.ले कानून बमोजिम दर्ता गरेको संयुक्त लगानीको कम्पनी टि.आर.एस. एटलस लोजिपार्क प्रा.लि. संग पाँच वर्षको लागि २० करोड ८ लाख न्यूनतम पट्टा वहाल रकम र नियमानुसार महशुल वाँडफाँड गर्ने गरी समितिको टर्मिनल पट्टाबहालमा दिने सम्बन्धी नियमावली, २०७० बमोजिम समिति र उक्त कम्पनीबीच ०८० कात्तिक २२ (तदनुसार, ८ नोभेम्बर २०२३) मा करार सम्झौता सम्पन्न भएको छ । करार सम्झौता अनुसार नेपालगञ्ज एकीकृत जाँच चौकी समितिलाई हस्तान्तरण भएको मिति देखि उक्त एकीकृत जाँच चौकीको सञ्चालन तथा व्यवस्थापन टि.आर.एस. एटलस लोजिपार्क प्रा.लि. ले गर्ने गरी उल्लेख गरिएको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने ‘म ३ वर्ष अगाडि समितिमा आउँदा समिति अन्तर्गत ६ वटा पोर्टहरु सञ्चालनमा थिए जसमध्ये ४ वटा निजी क्षेत्र मार्फत र २ वटा समिति आफैले सञ्चालन तथा व्यवस्थापन गरिरहेको थियो । आज सम्म आउँदा हामीसंग ८ वटा पोर्टहरु छन र सबै प्रतिस्पार्धात्मक प्रणालीबाट छनौट भएका निजी क्षेत्रका कम्पनीहरु मार्फत सञ्चालन भइरहेका छन । यसबाट सेवाको स्तर बृद्धि भएको छ । राज्यको आम्दानी बढेको छ । समिति नियमनकारी भूमिकामा रहेको छ । अन्तराष्ट्रिय अभ्यास हेर्दापनि यस किसिमका पोर्टहरु निजीक्षेत्र मार्फत सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडेलमा सफलतापूर्वक सञ्चालन भएको पाइएको छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्