Shikhar Insurance

पर्यटन व्यवसायमा सरकारबाट थप सहयोगको आशा गरेका छौँ : मुख्यमन्त्री अधिकारी

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार १८:३६
NIMB
Nabil Bank

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन व्यवसाय क्षेत्रमा सरकारले थप सहयोग गर्नुपर्ने बताएका छन् । पोखरा महानगरपालिका–६ लेकसाइडमा नवनिर्मित ‘पोखरा भिजेल एण्ड स्पा’को आज शुभारम्भ गर्दै उनले सरकारीस्तरबाट थप सहयोगको आशा राखेको बताएका हुन् ।

मुख्यमन्त्री अधिकारीले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सरकार र निजी क्षेत्र बीचमा थप सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले समृद्धिको आधार पर्यटन व्यवसायमा ६ अर्बभन्दा बढी लगानी भएको जनाउँदै सरकारीस्तरबाट थप सहयोग आवश्यक रहेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले सरकारी सेवा सुविधाबाट पर्यटन व्यवसायी वञ्चित रहेको उल्लेख गर्दै कर असुलीसँगै राज्यका तर्फबाट आवश्यक सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पछिल्लो समय पोखराको पर्यटन प्रवद्र्धनमा आकर्षण बढेको बताइन् । पोखरा भिलेजका सञ्चालक हरि शर्मा गैरेले ६५ वटा कोठासहित तीन वटा सभा कक्ष भएको सो भवन निर्माणमा २५ करोड लगानी भएको जानकारी दिए ।

होटलमा हाल ७४ जनाले रोजगार प्राप्त गरेको उनको भनाइ छ । कार्यक्रममा सञ्चालक बालकृष्ण गैरे, जनरल मेनेजर लक्ष्मण खड्कालगायतले होटलले प्रदान गर्ने सेवा सुविधाका बारेमा प्रकाश पारे ।

GBIME

प्रतिक्रिया दिनुहोस्