Shikhar Insurance

यूनाइटेड अजोड इन्स्योरेन्सको १ लाख बढी सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन?

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार ११:०७
NIMB
Nabil Bank

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले सेयरधनी पृथी तिवारीको नाममा रहेको १ लाख र सृजना जोशीको नाममा रहेको १९ हजार ८ सय ८२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २ सय ५० रहेको छ । सेयर खरिदको पहिलो हकदार संस्थापक सेयरधनीहरु रहेकाले सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको प्रधान कार्यालय सिटि मल सुन्धारामा आइपुग्ने गरी आवेदन दिनुपर्ने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोहि अवधिमा सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेमा प्रचलित कानुन बमोजित अन्य व्यक्ति तथा संस्थामा सेयर खरिद बिक्रीको प्रकृया अगाडि बढाउने कम्पनीले सूचना मार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्