Shikhar Insurance

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार ११:१४
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले सेयरधनी शोभा मिश्रको नाममा रहेको ५ लाख ९९ हजार १ सय २१ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक विद्यमान सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेडमा आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त समयावधिभित्र सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्रीको प्रकृया अगाडि बढाउने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्