Shikhar Insurance

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १४:५०
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो ।

सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक श्रीमती मुना पौडेलले संयुक्त रुपमा बीमा रकम हस्तान्तरण गरेकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

दुर्घटनाका कारण मृत्यु भएका राजेन्द्र पिठाकोटीले सानिमा बैंकको हेटांैडा शाखामा सानिमा सुपर सेभिङ्ग खाता खोलेका थिए । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरुमा छुट प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम संचालनमा रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्