Shikhar Insurance

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका नेपालीहरूले सर्भिस सेक्टर परिवर्तन गर्न सक्ने

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १८:२२
NIMB
Nabil Bank

काठमाडौं । कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका नेपाली युवाहरूले आफ्नो सर्भिस सेक्टर (सेवा क्षेत्र) परिवर्तन गर्न सक्ने भएका छन् । ईपीएस कोरिया शाखाले आज (शुक्रबार) एक सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाहरूले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने जनाएको हो ।

सूचना अनुसार रोस्टरको अवधि २०२४ डिसेम्बर ३१ भित्र समाप्त हुने इच्छुक व्यक्तिहरूले रोस्टर परिवर्तन सक्नेछन् । मानव संशाधन विकास (एचआरडी) कोरियाले रोस्टर परिवर्तन गर्न सक्नेहरुको नामावलीसहितको तालिका बिहीबार पठाएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाका अनुसार ९ हजार ४२८ जनाको नाम प्राप्त भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

रोष्टर अवधिभित्र समाप्त हुने ईच्छुकहरुले बैशाख १४ गतेदेखि १८ गतेसम्म संलग्न नमुना फाराम प्रिन्ट सहित आवश्यक कागजातहरु संकलन गरी शाखाको ईमेल [email protected] मा पेश गर्नुपर्ने संस्थाले जनाएको छ । ईच्छुकहरुले पूर्ण रुपमा भरिएको सेक्टर चेन्जको फाराम, राहदानी, परीक्षाको प्रवेश पत्रसहितको कागजात पेश गर्नुपर्ने छ । फाराम अपुर्ण र अशुद्ध भएमा रद्द हुने संस्थाले जनाएको छ ।

साथै, आवश्यक संख्या भन्दा आवेदकहरूको संख्या अधिक भएमा जसको रोष्टरको अवधि छोटो छ, त्यस्तो आवेदकलाई पहिलो प्रथमिकता दिइने संस्थाले सूचनामार्फत जानकारी दिएको छ । यदि कसैले पहिले नै रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएमा सेवा क्षेत्र परिवर्तन नपाइने र सेवा क्षेत्र परिवर्तन गरिए पनि रोस्टरको अवधि भने थप नहुने जनाएको छ । अघिल्लो रोस्टरको बाँकी अवधि बराबर नै हुने सूचनामा उल्लेख छ।

पछिल्लोपटक बुधबार मात्रै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले एचआरडी कोरिया मुख्यालयका प्रतिनिधि, एचआरडी कोरियाका नेपाल प्रतिनिधि, ईपीएस शाखा र कोरिया रिटर्नी एवं रोस्टरमा रहेकाहरूबीच छलफल गराएका थिए । सो छलफलमा कोरिया पक्षले शीघ्र निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेको थियो। त्यसको भोलिपल्ट (बिहीबार) नै कोरिया पक्षले रोस्टर परिवर्तन गर्न सकिने निर्णय गरेको हो।

कोरिया जान पर्खेर बसेका हजारौं युवा तथा सरोकारवालाहरूले नेपाल सरकारको यस प्रकारको पहलकदमी तथा कोरिया सरकारको निर्णयलाई सकारात्मक रुपमा लिनुपर्ने प्रतिक्रिया दिएका छन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्