Shikhar Insurance

मानब बेचबिखन मुद्दाका दोषी तामाङ २६ वर्षपछि पक्राउ

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १८:१२
NIMB
Nabil Bank

नुवाकोट । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ का जङ्गबहादुर तामाङ (राम)लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ । यहाँको एक महिलालाई भारतमा लगेर बिक्री गरेको पुष्टि भएसँगै तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा उनलाई जिल्लाको तादी गाउँपालिका–४ सातबिसेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनको अनुसार मकवानपुर जिल्ला अदालतले तामाङलाई विसं २०५५ माघ १९ मा ९ वर्ष ७ महिना १० दिनको कैद सुनाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त फैसला हुनुअघि देखि नै फरार रहँदै आएका उनलाई शुक्रबार पक्राउपश्चात् नुवाकोट जिल्ला अदालतबाट फैसला कार्यान्वयनका लागि आज जिल्ला कारागार चलान गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्