प्रचण्डले भने-माओवादीलाई कस्तो बनाउन चाहानुहुन्छ ? ल सुझाव दिनुस्

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २, आईतवार २१:०३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालन, विचार, राजनीतिक सांगठनिक संरचना लगायतका विषयसमा सुझाव मागेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै कस्तो माओवादी केन्द्र बनाउन चाहेको हो ? सोही अनुसारको सुझाव दिन भनेका छन् ।

सुझावमा विचार, राजनीतिक, सांगठनिक संरचना, घाइते, अपांग एंव शहिद परिवार लगायत नेताहरुको आचरणका विषय पनि समेट्न भनेका छन् । पछिल्लो समय माओवादी केन्द्रको राजनीतिक विचार, संगठन र नेताहरुको आचरणकै पुनसंरचनाका बारेमा प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्