Shikhar Insurance

रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा नेपाल एसबिआई बैंक सम्मानित

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १७:३८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल एसबिआई बैंकलाई रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा नेपाल राष्ट्र बैंकद्वारा सम्मानित गरिएको छ । बैंकलाई वैशाख १४ गते राष्ट्र बैंकको ६९ औं वार्षिक साधारण सभाको अवसरमा प्रशंसापत्र प्रदान गरिएको हो ।

उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देलाई प्रदान गरेका थिए । आर्थिक वर्ष २०७९/८० भित्र बैंक तथा वित्तीय संस्थाहरु मध्ये यस बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल एसबिआई बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्