Shikhar Insurance

लाइसेन्स माग्दै दुई पुनर्बीमा कम्पनी पुगे बीमा समिति, कसले मार्ला बाजी ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार १३:२५
NIMB
Nabil Bank

काठमाडौं । लाइसेन्स माग्दै दुई वटा पुनर्बीमा कम्पनी बीमा समिति पुगेका छन् । प्रुडेन्सियल इन्स्योरेन्सले शुक्रबार नै लाइसेन्सका लागि दर्ता गरेको थियो भने सोमबार काठमाडौं  रिले पनि निवेदन दिएको हो ।

बीमा समितिले बैशाख १६ गते सार्वजनिक सूचना प्रकाशित गर्दै एउटा पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने र त्यसका लागि आवेदन गर्न भनेको थियो । प्रुडेन्सियल रिले बैशाख ३१ गते आवेदन दिएको थियो भने काठमाडौं रिले जेठ ३ गते आवेदन दर्ता गराएको हो । ‘प्रुडेन्यिसलले शुक्रबार दर्ता गराएको थियो, काठमाडौं रिले सोमबार(आज) निवेदन दर्ता गराएको छ’, बीमा समिति उच्च श्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

अब आवेदन दिने समय ३ दिनमात्रै बाँकी छ । जेठ ६ गते मध्यान्ह १२ बजेपछि आवेदन बन्द हुनेछ । समितिले यस अघि नै नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरेका लगानीकर्ताहरुलाई नयाँ पुनर्बीमा कम्पनीमा लगानी गर्न नदिने भनेको छ । अर्थात क्रस होल्डिङ नभएको नयाँ कम्पनीले मात्रै लाइसेन्स पाउनेछ ।

यस अघि जेन्युइन रि, अन्नपूर्ण रि, प्रुडेन्सियल रि र काठमाडौं रिले लाइसेन्सका लागि बीमा समितिमा निवेदन दर्ता गरेका थिए । समितिले पुराना निवेदनहरुलाई खारेज गर्दै नयाँ आव्हान गरेको हो ।

समिति श्रोतका अनुसार अझै २ देखि ३ वटा कम्पनीले आवेदन दिने सम्भावना रहेको छ । ‘अझै २ देखि ३ वटा कम्पनीले आवेदन दिने सम्भावना छ, हामीले एउटालाई मात्रै लाइसेन्स दिने भनेका छौं, आवेदन दिएकामध्ये सबै भन्दा अब्बल कम्पनीले लाइसेन्स पाउँछ’, समिति श्रोतले भन्यो ।

काठमाण्डौंमा नेपालका अधिकांश ठूला बाणिज्य बैंकहरुको लगानी रहेको छ । यसमा महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराई, बीमा समितिका पूर्वअध्यक्ष तथा नेपाल बैंक र कृषि विकास बैंकका पूर्व सीइओ देवेन्द्रप्रताप शाह र नेपाल रि–इन्स्योरेन्सका संस्थापक पूर्वअध्यक्ष महेश गुरागाँई लगायत सहभागी छन् ।
प्रुडेन्सियल रि इन्स्योरेन्समा भने आइएमई ग्रुप र विशाल ग्रुपको लगानी छ । यी दुबै कम्पनीले यसअघि नै नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरिसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्