Shikhar Insurance

असार १ गतेभन्दा उता विनियोजित स्वीकृत योजना सम्झौता पूर्णरुपले बन्द गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १८:४८
NIMB
Nabil Bank

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असारे विकास पूर्णरुपले निरुत्साहित गर्नुपर्ने बताएका छन् । कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कँडेलले असार १ गतेभन्दा उता विनियोजित स्वीकृत योजना सम्झौता, कोटेसन र त्यही वर्ष कार्यान्वयन गर्ने गरी ‘टेन्डर’ गर्ने कुरा पूर्णरुपले बन्द गर्नुपर्ने बताएका हुुन् ।

उनले भने,“चालु आवका स्वीकृत योजना जेठसम्म सम्झौता गर्नुपर्नेछ । असारे विकासका नाममा हुने कामबाट सरोकारवालाले प्रश्न गर्ने स्थिति आउन दिनुहुँदैन।” प्रदेश सरकारकाद्वारा विनियोजित बजेट थोरै तोकेका कारण कामको गति सुस्त नगरी काम द्रुत गतिमा अगाडि बढाउनुपर्ने जनाउँदै उनले सञ्चालित क्रमागत र बहुवर्षीय योजनाको दायित्व आफू नेतृत्वको सरकार पूरा गर्ने बताए । विगतको सरकारको अनुभूति र अनुभवका आधारमा आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट विश्वास सदनलाई दिलाए ।

Citizen Life
Kumar Bank
Nepal Life

सङ्घीय सरकारको बजेट निर्माण गर्ने अन्तिम प्रक्रियामा भएकाले सरकार गठन भएपछि कर्णाली प्रदेशका जनप्रतिनिधि तथा सरोकारवाला सबैको प्रतिनिधित्व गर्ने चार योजनाका बारेमा आवश्यक जनमत र अनुभूति गर्ने गरी न्यूनतम प्रयत्न गरिएको उनले जनाए । मुख्यमन्त्री कँडेलले अर्को अधिवेशन समाप्त नहुँदै जिल्लाको गतिविधिको प्रत्यक्ष अवलोकन गरी त्यहाँको अवस्था जानकारी गराएमा सरकारलाई नीति तथा कार्यक्रम निर्माण गर्न सहयोग पुग्ने बताए । मुख्यमन्त्री कँडेलले भने,“बनाउने हो, लुकाउनुपर्ने कुनै कुरा छैन । पारदर्शी योजना बनाएर जनविश्वास दिलाउने हो । सबैलाई संलग्न बनाएर सरकारको नीति कार्यक्रम र बजेट निर्माण गर्ने हो । नीति तथा सिद्धान्तको प्राथमिकता रहेर बजेटमा छलफल गर्नुपर्छ । जेठको पहिलो हप्तादेखि प्रदेशसभा सदस्यहरुको प्रत्यक्ष सहभागितामा सरकारका तर्फबाट आवश्यक छलफल थालिने छ ।”

३० लाख र १५ लाख रुपैयाँ भन्दा मुनिका योजना कार्यान्वयनका लागि प्रदेशसभामा भएको सहमति र विगत सरकारको मर्मअनुसार कार्यान्वयन गरिने उनले बताए । मुख्यमन्त्री कँडेलले आफ्नो निर्वाचन क्षेत्रमा गएर वस्तुनिष्ठ प्रतिवेदन सहित सबै प्रदेशसभा सदस्यहरु अर्को अधिवेशन सहभागी हुने अपेक्षा गरेको जनाउँदै सदस्यको महत्वपूर्ण सुझाव सल्लाह सरकारका निम्ति मार्ग निर्देशन हुने विचार व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्