Shikhar Insurance

विदेशमा रहेका नेपालीद्वारा भोजपुरका अग्निपीडित परिवारलाई २ लाख ८३ हजार नगद हस्तान्तरण

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार ११:४३
NIMB
Nabil Bank

भोजपुर । भोजपुरका दश अग्निपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । पीडितपरिवारलाई विदेशमा रहेका नेपालीबाट सङ्कलित २ लाख ८३ हजार आठ सय १० हस्तान्तरण गरिएको हो ।

गत चैत ३ गते भोजपुर नगरपालिका–१२ टक्सारका पाँच परिवार र वैशाख ११ गते सोही नगरपालिका–८ पोखरेका पाँच परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । कोशी प्रदेशसभा सदस्य विनोद वान्तावाले पीडितलाई प्रतिपरिवार २८ हजार तीन सय ७१ का दरले राहत हस्तान्तरण गरेका हुन् । उनले भने, ‘हङ्कङ–भोजपुर सेवा समाजका अध्यक्ष इन्द्रराज श्रेष्ठको पहलमा रकम सङ्कलन गरिएको हो । गर्न आवश्यक छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

बन्दीलाई ‘सोलार सेट’ वितरण

जिल्ला कारागारका बन्दीलाई रामप्रसादराई गाउँपालिकाले सोलार सेट हस्तान्तरण गरेको छ । गाउँपालिकाले ७० हजार बराबरको ‘सोलार सेट’ वितरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए । कारागारमा चार महिला, एक बालक र एक सय तीन पुरुष गरी एक सय आठजना बन्दी छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्