Shikhar Insurance

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख २०, बिहीबार ११:०२
NIMB
Nabil Bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी एन आई सी एसिया बैंक लिमिटेडको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले एन आई सी एसिया बैंकको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको प्रतिकित्ता न्युनतम मूल्य २ सय १० रुपैयाँ रहेको छ । सेयर खरिदको पहिलो हकदार विद्यमान संस्थापकहरु रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सेयर खरिद गर्न ईच्छुकहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्रमा आवश्यक कागजात संकलन गरी कम्पनीको सेयर रजिष्ट्रार एन आई सी एसिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथलीमा आईपुग्ने गरी आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

उक्त समयावधिभित्र विद्यामान सेयरधनीहरुबाट सेयर खरिदको लागि कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्