Shikhar Insurance

नेपाल फाईनान्सको ११ लाख कित्ता हकप्रद संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख २०, बिहीबार ११:२०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले हकप्रद संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । कम्पनीले १० लाख ९४ हजार ४ सय ७१ .१८७ कित्ता सेयर लिलाम बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, नेपाल फाईनान्स लिमिटेडको केन्द्रिय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयहरु , प्रभु बैंक लिमिटेडको विराटनगर, विरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

इच्छुक लगानीकर्ताले जेठ ३ गतेसम्म आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईने कम्पनीले जानकारी दिएको छ ।

बोलपत्रदाताले बोलपत्र पेश गर्दा संस्थापक सेयरको लागि न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढि १० अंकले भाग जानेगरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । संस्थापक समूहको हकमा समान मूल्य बोलकबोल भएमा पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई दिइने छ र सोही अनुसार बाँडफाँड गरिन कम्पनीले जनाएको छ ।

बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कबोल गरेको सेयर संख्या वा रकममा कुनै हेरफेर गर्न वा बोलपत्र फिर्ता लिन नपाइने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्