Shikhar Insurance

मादी नदीमा सवारी सञ्चालन गर्न मिल्ने ३ सय १५ मिटर लामो पुलको निर्माण कार्य २० प्रतिशत सम्पन्न

सिंहदरबार संवाददाता
२०८१ बैशाख २०, बिहीबार ११:५०
NIMB
Nabil Bank

तनहुँ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ । सवारी साधन सञ्चालन गर्न मिल्ने ३ सय १५ मिटर लामो पुलको २० प्रतिशत निर्माण पूरा भएको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले जनाएको हो ।

निर्माणाधीन पुलको सात वटा ‘फाउन्डेसन’मध्ये पाँच वटाको काम धमाधम भइरहेको छ । वर्षायाम प्रारम्भ हुनुअघि फाउन्डेसनको सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनले भने,“उक्त कार्य सम्पन्नपश्चात् पानीमाथि गरिने ‘सुपर स्टक्चर’बाहेक अन्य फाउन्डेसनका कार्य गर्ने लक्ष्य छ । अहिले पानीमुनि गरिने पाइलिङ, पाइल क्याप र पिलरको काम भइरहेको छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

हालको पुलबाट करिब ५० मिटर पर नयाँ पुल निर्माण भइरहेको छ । पुल निर्माणका लागि १ अर्ब २१ करोडमा ठेक्का सम्झौता छ” उनले भने । उक्त राजमार्गमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारका जारी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्