Shikhar Insurance

७.३१ अंकले घट्यो सेयर बजार ,कारोबार रकम ४ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८१ बैशाख २०, बिहीबार १५:१२
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३१ अंकले घटेर परिसूचक १९९८.९८ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बिहीबार ३०८ कम्पनीको ९४ लाख ९८ हजार २ सय ९८ कित्ता कारोबार हुँदा ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७ सय २६ रुपैयाँ २३ पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहीबार सबैभन्दा धेरै आईएमइ लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको २८ करोड ७७ लाख ५७ हजार ५ सय ५८ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ६८ रुपैयाँ १० पैसा कायम रहेको छ ।

बिहीबार ७८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, बिहीबार ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने पिपुल्स पावर कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्