Shikhar Insurance

१ करोड बढी कित्ता हकप्रद सेयर निष्कासन गर्दै सन नेपाल लाइफ, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट

सिंहदरबार संवाददाता
२०८१ बैशाख २०, बिहीबार १६:४६
NIMB
Nabil Bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले १ः०.२७ को अनुपातमा १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । सेयरको प्रतिकित्ता मूल्य १ सय रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय न्युप्लाजा, पुतलीसडक, काठमाडौंमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत(सिईओ) लेखनाथ पोख्रेल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सिईओ) राज कुमार अर्यालले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको कम्पनी हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्