Shikhar Insurance

माहुली लघुवित्तको सयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार १०:४८
NIMB
Nabil Bank

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ जना संस्थाप सेयरधनीहरुको नाममा रहेका कूल ४४ हजार ९ सय १३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी प्रिजम कलर स्क्यानिङ्ग एण्ड प्रेस सपोर्ट प्रालिको नाममा रहेको ४१ हजार २७ कित्ता र शालिक राम बेलबासेको नाममा रहेको तीन हजार ८८६ कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र सप्तरीको महुलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्न चाहेको सेयर विवरणसहित आवेदन दिन सक्नेछन् । सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले एक सूचना मार्फत जानकारी दिएको छ ।

साथै, तोकिएको समयमा सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्