Shikhar Insurance

आइएमई लाइफ इन्स्योरेन्सकाे लाभांश संशोधन

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार ११:१५
NIMB
Nabil Bank

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने भनेको लाभांश संशोधन गरेको छ ।

कम्पनीले यस अघि ३५ प्रतिशत लाभांश दिने निर्णय गरेर नेपाल वीमा प्राधिकरणमा अनुमतिका लागि पठाएको थियो । नेपाल वीमा प्राधिकरणले उक्त लाभांश बितरणका लागि योग्य नभएको भन्दै बितरण रोकेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्राधिकरणले लाभांश वितरणको अनुमति नदिएपछी कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई दिने भनिएको लाभांशमा संसोधन गरी २६.३१५८ प्रतिशत (कार सहित) लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ४ अर्ब रुपैयाँको २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नियामक नेपाल वीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूले पाउँनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्