Shikhar Insurance

६ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल निर्माण सुरु

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार ११:२९
NIMB
Nabil Bank

तनहुँ । व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ । व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत ६ करोड ११ लाख तीन सय २४ को लागतमा निर्माण सुरु भएको हो ।

पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ । निर्माणमा करिब २० प्रतिशत भौतिक प्रगति भएको छ । व्यास नगरपालिका–२ क्षेत्रतर्फ पिलर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पुल बनेपछि आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर संरक्षण हुने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेले बताए । वि.सं २०८२ भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनी ज्वालामुखी कन्स्टक्सनसँग सम्झौता भएको व्यास नगरपालिकाको योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्