Shikhar Insurance

खडेरीले सुक्यो पानीको मुहान, वैकल्पिक स्रोतको खोजीमा स्थानीय

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार १२:४३
NIMB
Nabil Bank

गण्डकी । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन् । लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि स्थानीयले वैकल्पिक स्रोत खोजेका हुन् ।

पानीको स्रोत भएको स्थान खुर्वादीबाट लिफ्टिङ गरेर बर माझथरको सिरान हुडिकोटसम्म पुु¥याइएको पानी यहाँका ११३ घरधुरीले उपयोग गरिरहेकोमा खडेरीका कारण पानीको स्रोत कम हुन थालेको स्थानीय युवा एवम् पावनडाँडा छविसे सामुदायिक बन उपभोक्ता समूहका सदस्य परमेश्वर पौडेलले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनका अनुसार उक्त योजनाअन्तर्गत हाल रहेको पानीको स्रोत खडेरीका कारण सुक्दै गएपछि दैनिक खानेपानी आपूर्तिमा समस्या आएका कारण वैकल्पिक स्रोतको खोजी गरिएको हो । उनले भने,“वैकल्पिक स्रोत खोज्ने क्रममा खुर्वादीको हालको खानेपानीको मूल रहेको स्थानबाट नजिकै अर्को स्थानमा पानीको स्रोत फेला परेको छ । उक्त स्थानको पानी समेत मुल ट्याङ्कीमा जम्मा गरी स्रोत बढाउन लागेका हौँ ।”

स्थानीयवासीको जनश्रमदानमा वैकल्पिक पानीको स्रोत खोजिएको पौडेलले जानकारी दिए । लामो समयको खडेरीले ग्रामीण क्षेत्रका अधिकांश स्थानका परम्परागत पानीका मूल तथा कुवा सुक्दै गएको स्थानीयवासी बताउँछन् । ठाउँठाउँमा लागेको डढेलोका कारण कतिपय स्थानमा पानी ल्याइएका पाइप डढ्दा पनि समस्या बढ्दै गएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्