Shikhar Insurance

सीजी फुड्समाथि भएको घटनाले समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पर्छ : उद्योग परिसंघ

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार १३:१६
NIMB
Nabil Bank

काठमाडौं । औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । परिसंघले सीजी फुड्समा भएको आक्रमणको घटनामा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दै यस्ता घटनाले समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पर्ने बताएको हो ।

यस्ता घटनाले लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पर्ने परिसंघले बताएको छ । साथै, परिसंघले यस्ता कार्यलाई निरुत्साहित गर्न नेपाल सरकार, प्रशासन एवं सम्वन्धित सरोकारवालाहरुाई समेत आग्रह गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

परिसंघले भने,’सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनिय छ । हालको विषम परिस्थितीमा निरुत्साहत बनिरहेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवं सम्वन्धित सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्