Shikhar Insurance

घरजग्गा कारोबारमा खरिदकर्ताले यथार्थ विवरणका लागि व्यवस्थित हुन जरुरी छ : मन्त्री अधिकारी

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार १६:२५
NIMB
Nabil Bank

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारमा खरिदकर्ताले पारदर्शी र यथार्थ विवरणको सुनिश्चितताको लागि व्यवस्थित र व्यवसायिक हुन जरुरी रहेको बताएका छन् । नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल इस्टेट सम्मेलनमा आईतवार बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

उनले घरजग्गा खरिदकर्ताले घरजग्गाको क्षेत्रफल, स्वामित्वको अवस्था, सम्भावित कानूनी अड्चन र मूल्यको बारेमा पारदर्शी र यथार्थ विवरण प्राप्त गर्न घरजग्गा कारोबार व्यवस्थित र व्यवसायिक हुनुपर्नेमा जोड दिए । मन्त्री अधिकारीले घरजग्गा व्यवसायीहरुले व्यवसायिक मर्यादामा रही प्रचलित कानूनको पालना गरेर व्यवसाय गर्न सकिने वातावरण भएमात्रै रियल स्टेट व्यवसाय सबल हुनसक्ने उल्लेख गर्नुभयो । उहाँले घरजग्गा कारोबारलाई पारदर्शीता बनाउनु प्रमुख चुनौतिका रुपमा देखापरेको बताए । मन्त्री अधिकारीले कानून बमोजिक व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्ने परिपाटीले राज्यले अर्बौंको राजश्व गुमाउनुपरेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले कारोबार व्यवस्थित नहुँदा लगानीकर्ता र घरजग्गा खरिदकर्ताको कानूनी संरक्षणसमेत कठिन भएको बताए । उनले नेपालमा घरजग्गा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन जरुरी रहेको बताए । उनले व्यवसायिकताको विकास, पारदर्शीता,जिम्मेवार परामर्श ग्राहकलाई अधिकतम छनोटको अवसर दिँदा घरजग्गा व्यवसायलाई हेर्ने दृष्टिकोण परिर्वतन हुने अवस्था रहेको जानकारी गरे । उनले घरजग्गा कारोबार शिथिल भएको अवस्थाले राष्ट्रिय अर्थतन्त्रमा पनि असर परेको बताए । उनले त्यसलाई कम गर्न सरकारले विभिन्न प्रयास गरिरहेको भन्दै कित्ताकाटमा देखिएको समस्या समाधान गर्न भू–उपयोग नियमावली २०७९ संशोधन गरी सहजिकरण गरेको दाबी गरे । उनले घरजग्गामा लगानीकर्तालाई सहज वातावरण निर्माण गर्न भूमिसम्बन्धि ऐनमा आवश्यक संशोधन गरेको उल्लेख गरे । कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन मालपोत ऐन २०३४ लाई संशोधन गरी कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।

नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गाको कारोबारलाई व्यवस्थित,पारदर्शी र व्यवसायिक बनाउनको लागि ल्याण्ड मार्केट अवधारणाको विकास गर्न आवश्यक रहेको बताए । उनले टुक्रे योजनाहरुले नेपालमा व्यवस्थित शहरीकरण बन्न नसक्ने दाबी गरे । उनले व्यवस्थित शहरीकरण बनाउनको लागि निजी क्षेत्रलाई ल्याण्डपुलिङ सरकारले खोल्न आवश्यक रहेको उल्लेख गरे । उनले व्यवसायीहरुले पछिल्लो ३० वर्षमा काठमाडौं उपत्यकामा ४ सय आयोजनाहरु सम्पन्न गरेको भएपनि मर्यादित बनाउन नसकिएको बताए । अध्यक्ष लोहनीले व्यवसायलाई मर्यादित र विश्वासिलो बनाउनको लागि ल्याण्ड पुलिङ खोल्नुपर्ने बताए ।

उनले पछिल्लो समय घरजग्गा कारोबारमा आएको समस्याको कारणले मुलुकको अर्थतन्त्रमा समस्या आएको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या घरजग्गा कारोबार नहुनु पनि भएको दाबी गरे । उनले घरजग्गा कारोबार देखिएका समस्याको कारण व्यवसायी मात्रै होइन नेपालमा बैंकहरु पनि ढल्न सक्ने अवस्था रहेको बताए ।

न्युज एजेन्सी नेपाली

 

GBIME

प्रतिक्रिया दिनुहोस्