Shikhar Insurance

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक छ : सञ्चारमन्त्री शर्मा

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार १६:२२
NIMB
Nabil Bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गर्नुपर्ने बताएका छन् । वरिष्ठ पत्रकार कपिल काफ्लेद्वारा लिखित ‘पुंसवन’ पुस्तकको आज काठमाडौंमा विमोचन गर्दै उनले पूर्वीयदर्शनको ज्ञान प्रर्वद्धनका क्षेत्रमा अध्ययन अनुसन्धानका लागि केन्द्र स्थापना गर्न आवश्यक रहेको बताएका हुन् ।

पूर्वीयदर्शन अध्ययनका लागि ‘पुंसवन’ उपयोगी हुने विश्वास भन्दै सञ्चारमन्त्री शर्माले वरिष्ठ पत्रकारद्वारा लिखित कृतिले महिला अधिकारका पक्षमा आवाज बुलन्द गर्न सहयोग पुर्याउने धारणा व्यक्त गरे । प्राडा कृष्ण गौतमले पूर्वीयदर्शनको विश्लेषण एवम् खोजमूलक जानकारीसहित प्रकाशन गरिएको पुस्तकले नेपाली पाठकको मनजित्न सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा महिला अधिकारकर्मी वन्दना राणाले महिला अधिकार र सचेतना अभिवृद्धिका लागि पुस्तक उपयोगी हुने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

पुस्तकका लेखक वरिष्ठ पत्रकार काफ्लेले पूर्वीयदर्शन र महिला अधिकारका क्षेत्रलाई समेटेर तयार गरिएको सातौँ पुस्तक ‘पुंसवन’ले सनातन धर्म, संस्कृतिसहित मातृत्वको महत्व, सङ्घर्ष र चुनौतीलाई समेटेको जानकारी दिए । नेपाल समाचारपत्र दैनिकका संस्थापक सम्पादक रहेका वरिष्ठ पत्रकार काफ्लेको पत्रकारितासँग सम्बन्धित तीनसहित छ वटा पुस्तक यसअघि प्रकाशित भइसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्