Shikhar Insurance

सवारी दुर्घटना न्युनिकरण सरकारले नियम बनाएर मात्रै हुँदैन : मन्त्री दुलाल

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार १६:३५
NIMB
Nabil Bank

काठमाडौं । बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले सवारी दुर्घटना न्युनिकरण ट्राफिक प्रहरीले कारबाही गरेर र सरकारले नियम बनाएर मात्रै नहुने बताएका छन् ।

आइतबार पूर्वअरनिको यातायात प्रालिले काठमाडौंमा आयोजना गरेको दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले सवारी साधान न्युनिकरण गर्न सबैभन्दा बढी जिम्मेवारी सवारी चालक हुनुपर्ने बताए । मन्त्री दुलालले सरकारले कानून उल्लङ्घन गर्नेलाई कारबाही गर्दैमा सवारी दुर्घटनामा कम हुन नसक्ने दाबी गरे । उनले सडक दुर्घटना कम गर्न सवारी साधनको इस्टेरिङ बस्ने सवारी चालक बढी सचेत हुन आवश्यक रहेको बताए ।

उनले सवारी चालकले आफूले पाएको जिम्मेवारी सजगतापूर्ण निर्वाह गनुपर्ने बताए । उनले यातायातको क्षेत्रमा समस्या व्यवसायी,ट्राफिक प्रहरी र सरकार मिलेर साझा ढङ्गले समाधान गर्न आवश्यक रहेको बताए । उनले सवारी दुर्घटना र समस्या समाधान गर्न सबैभन्दा बढी नेतृत्वदायी भुमिका यातायात व्यवसायीहरुको भएको उल्लेख गरे ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्