Shikhar Insurance

विश्वविद्यालय स्थापना गर्न पाउने संविधानप्रदत्त अधिकार कार्यान्वयन प्रक्रिया सुरू भयो : मन्त्री जम्कट्टेल

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार १६:४०
NIMB
Nabil Bank

मनहरी । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश विश्वविद्यालय स्थापना गर्न पाउने संविधानप्रदत्त एकल अधिकार कार्यान्वयन प्रक्रिया सुरू गरिएको बताएका छन् । वागमती प्रदेश राजधानी हेटौंडामा वागमती विश्वविद्यालयको सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले लामो गृहकार्यपछि विश्वविद्यालय स्थापना गर्ने योजनाले मूर्तरूप पाएको बताएका हुन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको कमानेमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तान र सामाजिक विकास मन्त्रालयका सचिव डा भिष्मकुमार भुसालले प्रदेश विश्वविद्यालय स्थापना विकासको महत्वपूर्ण पक्षका रूपमा रहेको भन्दै अब समय सुहाउँदो उच्च शिक्षाका लागि पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसअवसरमा मुख्यमन्त्री जम्कट्टेलले सामाजिक विकास मन्त्रालयका सचिव भुसाललाई बोर्ड अफ ट्रष्टिजको प्रमाणपत्र प्रदान गरेका थिए । यसअघि विश्वविद्यालयको विधान तयार भइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्