Shikhar Insurance

२ सयले बढ्यो सुनको भाउ, चाँदीको कति ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख २४, सोमबार १०:४४
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेवाजी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ रहेको छ । अघिल्लो तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले बढेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ६० रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदी १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी २० रुपैयाँले बढेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्