Shikhar Insurance

लहान नगरपालिकाद्वारा अग्नीपीडितलाई राहत सामग्री सहित २५ हजार नगद सहयोग

सिंहदरबार संवाददाता
२०८१ बैशाख २४, सोमबार १४:३५
NIMB
Nabil Bank

सिरहा । सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर रामलाई नगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले एक समारोहकाबीच ५०र५० किलो चामल, त्रिपाल, भाँडाकुँडा, दाल, तेल, नुनलगायत दैनिक उपभोग्य सामग्री वितरण गरेका हुन् ।

राहत सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले अग्नीपीडितको छानामा जस्तापाता लगाउन नगरपालिकाबाट थप २५र२५ हजार नगद उपलब्ध गराउने बताए । “आगलागीका कारण घर जलेकाले पालिकाले पीडितलाई जीविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यले राहत सामग्री वितरण गरेको हो । दलित तथा विपन्न समुदायलाई स्थानीय सरकार भएको महसुस गराउनु जनप्रतिनिधिको प्रमुख दायित्व हो” उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

इलाका प्रशासन कार्यालय लहान, इलाका प्रहरी र सशस्त्र प्रहरी लहानका प्रमुखको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको थियो । एक साताअघि पीडित बस्दै आएको घर तथा कटेरोमा आगलागी भएको थियो । यसअघि मुस्लिम समुदायबाट पनि मोहम्मद सेराजको अगुवाइमा वडाअध्यक्ष प्रथमलाल चौधरीको उपस्थितिमा आगलागी पीडितलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको थियो । आगोले घर जलेपछि अस्थायी संरचना बनाउन स्थानीयले सहयोग गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्