Shikhar Insurance

१५.६२ अंकले घट्यो सेयर बजार, कारोबार रकम २ अर्ब ८९ करोड

सिंहदरबार संवाददाता
२०८१ बैशाख २४, सोमबार १५:०९
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६२ अंकले घटेर १९५८.७५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

सोमबार ३१० कम्पनीको ६९ लाख ७८ हजार ३ सय २१ कित्ता सेयर कारोबार हुदाँ २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९ सय ९७ रुपैयाँ ८८ पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार सबैभन्दा धेरै कारोबार सिटिजन लाइफ इन्स्योरेन्सको भएको छ । कम्पनीको ३१ करोड ९८ लाख ३० हजार ९ सय ४२ रुपैयाँ ३० पैसाको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ४ सय ६३ रुपैयाँ १० पेसा रहेको छ ।

सोमबार ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको सेयर मूल्य घटेको छ र ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज बोर्टल्स नेपाल (तराई) को सेयर मूल्य ९.०३ प्रतिशतले घटेको छ भने पोखरा फाइनान्स, दोल्ती पावर कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्