Shikhar Insurance

२५.०५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न डाक्यो सन नेपालले जेठ ९ गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ बैशाख २५, मंगलवार ११:२१
NIMB
Nabil Bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा बोलाएको छ , कम्पनीको वैशाख १६ गते कसेको सञ्चालक समितिको निर्णय अनुसार सभा जेठ ९ गते अमृतभोग केटरर्स प्रालि कालिकास्थान काठमाडौंमा बिहान १० बजेदेखि आव्हान गरेको हो ।

सभामा गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

बोनस सेयर जारीपछि चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ कामय हुने र नपुग पूँजी कायम गर्न २७ प्रतिशत (१ः०.२७) को अनुपातमा हकप्रद जारी गर्ने र तत् पश्चात् अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

गत आवको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । चालु आवका लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने एक जना संचालक निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने मूख्य एजेण्डा रहेको छ ।

साथै, कम्पनीले साभारण सभा र लाभांश वितरण प्योजनको लागि वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तर्सथ वैशाख २६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्