Shikhar Insurance

खोटाङका अग्निपीडितलाई १ लाख बढी आर्थिक सहयोग

सिंहदरबार संवाददाता
२०८१ बैशाख २५, मंगलवार ११:५६
NIMB
Nabil Bank

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप १ लाख ७६ हजार प्रदान गरिएको छ ।

यही वैशाख १४ गते जङ्गलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका १ सय ५२ शिक्षकसहित एक सय ६७ जनाबाट चन्दा सङ्कलन गरेर उक्त रकम प्रदान गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

पीडितलाई क्षतिको मूल्याङ्कन गरेर १२ देखि ४५ हजारसम्म प्रदान गरिएको सहयोग सङ्कलन अभियानका संयोजक एवं कालिका आधारभूत विद्यालय नवलपुरका शिक्षक दिलीप वाम्बुलेले जानकारी दिए । आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका लाई ४५ हजार उपलब्ध गराइएको छ । सङ्कलित रकम सल्लेका वडाध्यक्ष काशीराज राईको उपस्थितिमा प्रदान गरिएको हो ।

आगलागीबाट १ करोड ३३ लाख बराबरको धनमाल नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्लामा गत साउनदेखि हालसम्म ९९ वटा घर जलेका प्रहरीले बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्