Shikhar Insurance

अनुदानको प्रतीक्षामा बाँकेका किसान

सिंहदरबार संवाददाता
२०८१ बैशाख २५, मंगलवार १२:०३
NIMB
Nabil Bank

बाँके । नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको भीड लाग्ने गरेको छ । ज्ञान केन्द्रले आह्वान गरेको सूचनाका आधारमा कृषि अनुदानका लागि प्रस्तावना दर्ता गरेका ९ सय बढी किसान अनुदानको आशमा दैनिक केन्द्रमा आउने गरेका हुन् ।

‘सिँचाइ अभावले खेतीमा समस्या व्यहोर्दै आएका किसान अनुदानको पर्खाइमा छौं, नेपालगञ्ज–२२ का अगुवा किसान चक्र बुढामगरले भने ‘ज्ञान केन्द्रले सिँचाइका लागि ‘डिपबोरिङ’मा अनुदान दिने भएपछि आशा जागेको छ ।’ सिँचाइका लागि मोटर तथा डिपबोरिङका लागि सूचना आह्वान गर्दा धेरै किसानले प्रस्तावना दर्ता गरेका कारण वितरणमा चुनौती भएको ज्ञान केन्द्रका कृषिविज्ञ जीवनकुमार केसीले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

अन्न उत्पादनका निम्ति उर्वरभूमि बाँकेमा सिँचाइ अभावले धान, गहुँलगायत खेती वर्षामा निर्भर हुनुपर्ने भएकाले सिँचाइका लागि ठूलो सङ्ख्यामा किसानको आवेदन परेको उनले बताए । केन्द्रले यस वर्ष १ करोड ५० लाख अनुदान दिने तयारी गरेको छ । करिब १ सय किसानलाई १ लाख ५० हजारका दरले मोटर तथा डिपबोरिङका लागि अनुदान दिने योजना बनाए पनि ठूलो सङ्ख्यामा प्रस्ताव पेस भएकाले अनुदान रकम घटाएर वितरण गरिने कृषिविज्ञ केसीले जानकारी दिए ।

प्रस्तावअनुसार फिल्ड हेर्दा ‘क्लस्टर’ नमिलेको, दोहोरो अनुदानमा संलग्न भएकालाई हटाउँदा पनि अझै पाँच सय किसानका प्रस्ताव बाँकी छन् उनले भने ‘अब कृषक समूह र सहकारीलाई १ लाख ५० हजार र व्यक्तिगत रूपमा प्रस्ताव पेस गरेका किसानलाई ५० हजारका दरले अनुदान दिनेगरी सम्झौता गरिरहेका छौं ।’ सरकारले कृषिप्रति आकर्षण बढाउन तथा उत्पादन वृद्धिको उद्देश्यले किसानलाई अनुदान दिँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्