Shikhar Insurance

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

सिंहदरबार संवाददाता
२०८१ बैशाख २५, मंगलवार १५:१२
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६ अंकले बढेर १९६०.८१ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

मंगलबार ३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता सेयर कारोबार हुदाँ २ अर्ब १४ करोड ५ लाख २ हजार ६ सय २१ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मंगलबार सबैभन्दा धेरै कारोबार पोखरा फाइनान्सको कारोबार भएको छ । कम्पनीको ८ करोड ३२ लाख २३ हजार २ सय २३ रुपैयाँ ७० पैसाको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ५१ रुपैयाँ रहेको छ ।

मंगलबार १२० कम्पनीको सेयर मुल्य बढ्दा ११४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै,  हिमालयन लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ भने बोर्टल्स नेपाल (तराई) को सेयर मूल्य ६.२३ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्