Shikhar Insurance

जेठ १० गतेदेखि गोरखामा रोट महोत्सव हुने

सिंहदरबार संवाददाता
२०८१ बैशाख २५, मंगलवार १६:५८
NIMB
Nabil Bank

गोरखा । गोरखाको गोरखनाथ मन्दिरमा सवा लाख रोट महोत्सव हुने भएको छ । जिल्लामा धार्मिक पर्यटक भित्र्याउन प्रसिद्ध धार्मिकस्थल गुरु गोरखनाथको मन्दिरमा आगामी जेठ १० गतेदेखि २१औं सवा लाख रोट महोत्सवको आयोजना गरिएको हो ।

आयोजक सिद्धाश्रम शक्तिकेन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले महोत्सव अवधिभर गोरखनाथलाई सवा लाख रोट चढाउने र रोट महोत्सवमा धार्मिक प्रवचनसहित भजनकीर्तन कार्यक्रमसमेत सञ्चालन हुने बताए । चालमको पिठो, नरिवल, ल्वाङ, अलैँची, चिनीलगायतका विभिन्न प्रकारका मसला मिसाएर रोट पकाइन्छ । यहाँ भुङ्गे र तावाँ रोट पकाइन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गोरखनाथको मन्दिरमा गोरखनाथलाई दिनहुँ रोट चढाउने चलन छ । विश्वशान्तिको कामनासहित धार्मिक पर्यटन प्रवद्र्धनका लागि सवा लाख रोट महोत्सव गरिँदै आएको संयोजक अकेलाले बताए । वैशाख पूर्णिमाको दिन दिव्य तथा ऐतिहासिक गोरख गुफाबाट प्रकट भएका दिनलाई गोरक्ष प्रकट दिवसको रुपमा पनि मनाउने गरिन्छ । सो दिनको अवसर पारेर रोट महोत्सव सुरुआत गरिएको हो ।

एघार दिनसम्म चल्ने महोत्सवमा सहभागी हुन आउने भक्तजनका लागि आयोजकले नै खाने, बस्ने सुविधा उपलब्ध गराउने संयोजक अकेलाले जानकारी दिए । उनले भने ‘‘यसपटक ४० हजार भन्दाबढी पर्यटक महोत्सवमा गोरखा आउने अनुमान गरिएको छ ।’ सवा लाख रोट महोत्सवमा गोरखनाथको प्रसाद ग्रहण गर्न भारतबाट समेत भक्तजन आउने गर्दछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्